
मकवानपुर, १५ पुस । मकवानपुरको हेटौँडा ५ स्थित हेटौँडा सिटी कलेजका बिसिए चौथो सेमेस्टरका विद्यार्थीहरुले आईतबार खाना तथा साँस्कृतिक प्रदर्शनी गरेका छन् ।
कलेजका संचालक रमिता पाण्डेयको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न खानाका परिकारहरु, विभिन्न साँस्कृतिक नृत्यहरु, गायन, कविता वाचन लगायतका क्रियाकलापहरु समावेश गरिएको थियो ।
विद्यार्थीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले कलेजले विभिन्न कार्यक्रमहरु गर्दै आएको कलेजले जनाएको छ । कार्यक्रममा विभिन्न प्रकारका खेलकुदहरुको समेत प्रदर्शनी गरिएको थियो ।
यसैगरी आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरु कलेजले आयोजना गर्ने कार्यक्रम रहेको कलेजले जनाएको छ ।