जी. न्यौपाने
मकवानपुर, ५ माघ । शहिद दिवसको अवसर पारेर हेटौँडा ११ स्थित शहिद स्मारकमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ ।
कार्यक्रमबारे आज हेटौँडामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । शहिदहरुको स्मरणलाई जीवन्त राख्नका लागि शहिद दिवसमा विभिन्न कार्यक्रम गरिने शहिद स्मारक विकास समितिले जनाएको छ ।
यही आउँदो माघ १० गतेदेखि १६ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रममा बुद्ध प्रतिमामो अनावरण, कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवद्र्धन मेला, वडा स्तरीय नृत्य प्रतियोगिता, रक्तदान कार्यक्रम, ‘शहिद मदन भण्डारीको सपनाप्रति नव युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, प्रभात फेरी जस्ता कार्यक्रमहरु गरिने भएको स्मारक समितिका आर.सी. न्यौपानेले बताउनुभयो ।










