मकवानपुर, ५ माघ । हेटौंडामा प्रेस चौतारी नेपाल, जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला आजबाट सुरु भएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले कार्यशालाको उद्घाटन गर्नुभयो ।

कार्यशालामा प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यशालाको उद्घाटन कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।