मकवानपुर, ५ माघ । सञ्चारकर्मीहरुको अधिकार, चुनौति र समाधानका विषयमा हेटौंडामा कार्यशाला गोष्ठी भएको छ । प्रेस युनियन मकवानपुरको आयोजनामा भएको गोष्ठीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन् गरेका हुन् ।

मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको स्थापना गरी काम गरिरहेको स्पष्ट पारे । उनले महिना महिनामा पत्रकारसँग भेटघाटगरी सल्लाह सुझाव लिने, सरकारका गतिविधिबारे जानकारी दिने, सञ्चार क्षेत्रको हित प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयमा छलफल समेत गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, सञ्चार रजिष्टारको कार्यलय हेटौंडाका सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतको आतिथ्यता रहेको थियो ।