तस्बिर– ईशान रुपाखेती

मकवानपुर, ६ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी ‘कर्णावती युवा क्लब यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता’को फाईनल प्रतियोगिता आज हुँदैछ । दिउँसो २ बजे हुने फाईनल खेलमा हुप्रा सिटी र कर्णावती टोलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बिहीबार भएको सेमिफाईनल खेलमा हुप्रा सिटीले फायरलाईन एफ.सीलाई १–० गोल अन्तरले पराजित गरेर फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाईनल खेलमा कर्णावती टोलले रामनगर युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

स्थानीय ईशान रुपाखेतीका अनुसार शनिबार हुने फाईनलको तयारी भइसकेको छ । फाईनलमा दर्शकहरुको पनि उल्लेख्य सहभागिता रहनेछ ।

कर्णावती युवा क्लबको आयोजनामा पुस २९ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा १५ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधी विजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।