मकवानपुर, ६ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको दशौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ८ बुढिचौर इपाखरेस्थित भुमिचुली सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा सभा भएको हो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानको सभाध्यक्षतामा गाउँसभा भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नम्बर ८ का वडा अध्यक्ष कुमार घिसिङ, वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिन सहित अन्य वडाका वडाअध्यक्षहरु ल्गायत अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










