मकवानपुर, १२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित बालज्योति स्काउट ट्रुपको टि–हाईक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पाख्रिनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्काउटिङ कार्यक्रम गर्न मकवानपुरगढी गाउँपालिका सकरात्मक रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा सहभागी स्काउटहरुलाई विविध विषयमा प्रोत्सहान पनि दिइएको थियो ।










