मकवानपुर, १३ माघ । नेकपा माओावादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल)को मनहरी गाउँपालिका समिति अध्यक्षमा पूनः कृष्ण रुम्बा चयन भएका छन् ।

शुक्रबार भएको समितिको भेलाले छैठौँ गाउँ सम्मेलनले अध्यक्षमा पूनः रुम्बालाई चयन गरेको हो । रुम्बाको नेतृत्वमा २९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको त्यहाँबाट सुजन क्षेत्री सिलवालले जानकारी दिएका छन् ।

समितिको उपाध्यक्षमा राजन गिरी, शुकराम मुक्तान र अभि राना प्रजा चयन भएका छन् । त्यस्तै सचिवमा अमन लामा, सहसचिवमा जीवन विष्ट र कोषाध्यक्षमा अमृता सुवेदी चयन भएका छन् ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तु लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।