मकवानपुर, १४ माघ । ‘शहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हेटौंडा १९ की सपना बर्तौला प्रथम भएकी छिन् । सहिद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयले शहिद दिवसको अवसरमा आयोजना गरेको शहिद सप्ताह कार्यक्रम अन्तर्गत शनिबार भएको प्रतियोगितामा बर्तौला प्रथम भएकी हुन ।

प्रतियोगितामा हेटौंडा ५ कि आकाङ्क्षा निरौला दोस्रो, हेटौंडा ४ की दर्शना सापकोटा तेस्रो र हेटौंडा ९ की अभीप्सा पौडेल सान्त्वना भएकी छिन् । विजेताहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा १६ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा घनश्याम घिमिरे, भावना सापकोटा र अमृत बर्तौला रहेका थिए ।