मकवानपुर, १८ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित राक्सिराङ गाउँपालिका-२ बस्ने ४४ वर्षीय जगत बहादुर थोकर पक्राउ परेका छन् । उनलाई मकवानपुर प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे.१ ख ३१७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरको छ ।










