जी. न्यौपाने, मकवानपुर, १८ माघ । हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडास्थित नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले धुप बाट्ने तालिम दिएपछि सिमलटारका महिलाहरु धुप बाटेर स्वरोजगार बन्न थालेका छन् ।
धुप बाटेर बेच्दा दिनमा २ हजारसम्म कमाउन सकिने सिमलटार टोल विकास संस्थाकी पूर्व उपाध्यक्ष संगिता शिकारी मगरले बताईन् ।
बिहान बेलुका फुर्सदको समयमा २–३ घण्टा काम गरेपछि १ हजार रुपैयाँसम्म आमदानी गर्न सकिने सिमलटार टोल विकास संस्थाकी सदस्य शारदा कुमारी शर्माले बताईन् । सिमलटारमा करिब ८ जनाले धुप बाट्ने कामलाई निरन्तरता दिईरहेको शर्माको भनाई छ ।











जी. न्यौपाने 