मकवानपुर, १८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय हेटौँडाबाट एक किशोरसहित थप १ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
साथै बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










