मकवानपुर, १९ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश बायोमेडिकल वर्कसप उद्घाटन गरिएको छ । बायोमेडिकल वर्कसपको उद्घाटन बागमती प्रदेश स्वास्थ्य मन्ती उत्तम जोशीले गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले प्रदेश अस्पतालका उपकरणहरू बिग्रन नहुने बताउनु बताउनुभयो । बिग्रिएको उपकरण दक्ष श्रमशक्तिबाट मर्मत गर्नुपर्ने यो कामको लागि वर्कसपले टेवा पुग्ने बताउनुभयो । कार्यक्रम बामती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरको आयोजना र निक सिमोन्स इन्स्टिच्यूटको सहकार्यमा भएको हो ।
कार्यक्रम बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरका निर्देशक बसन्त अधिकारीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खडका, व्यवस्थापन महाशाखा निर्देशक डाक्टर श्रवणकुमार थापा, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपकप्रसाद तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. नरेन्द्रन कुमार झा, स्वास्थ्य कार्यालय, काठमाण्डौक का. प्र. डाक्टर अर्जुन प्रसाद सापकोटा, निक सिमोन्सकी निर्देशक डाक्टर अर्चना अमात्य लगायतको आतिथ्यता रहेको थियो ।
7










