जी. न्यौपाने, मकवानपुर, १९ माघ । उद्योग परिसंघ बागमती प्रदेशका उपाध्यक्ष स्वागतराज प्याकुरेलले सरकारको राजनैतिक स्टन्टबाजीले गर्दा हेटौँडाका ८० वटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताउनुभएको छ । प्याकुरेलका अनुसार ४० वटा उद्योग पूर्ण रूपमा बन्द छन् भने ४० वटा बन्द हुने अवस्थामा पुगेको छ ।
सरकारले उद्योग निती नबनाइदिएकोले उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । करिब ५८ सय कारिन्दा तथा मजदुरहरु आश्रित उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले वेवास्ता गरेको कुरालाई नकार्न नसकिने उनले जिकिर गरे । प्याकुरेल भन्छन्– ‘राजनितीलाई डोर्याउने अर्थ हो त्यसको स्रोत नै मासिन थालेपछि देशमा विकराल स्थीति सिर्जना हुन्छ । सरकारले अहिले कपडा उद्योग चलाउने निर्णय गरेको छ । पटक–पटक अमुक मानिसको भिडले पनि यस्ता कुरा गरिरहेका हुन् ।’

भएका उद्योगलाई राम्रो निती बनाएर अगाडी लैजानु पर्ने कुरामा सरकार चुकिरहेकोले यस कुरामा सरकार तथा सम्बन्धित निकाय गम्भिर हुनुपर्ने उद्योगपति समेत रहेका प्याकुरेलको भनाइ छ।










