मकवानपुर, १९ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरुमाझ विभिन्न क्रियाकलापहरु नियमित रूपमा गरिँदै आएको छ ।

किताबी ज्ञान र पठनपाठनमामात्र विद्यालयका विद्याथीहरुलाई सिमित नराखेर अतिरिक्त क्रियाकलापहरु गराउँदा विद्यार्थीहरुमा अन्य विषयको पनि ज्ञान हुने भएकोले यस्ता क्रियाकलापहरु गर्नुपर्ने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले बताए ।

यसै सिलसिलामा विभिन्न विद्यालयहरूमा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिताहरु सम्पन्न गरिएको समितिले जनाएको छ। शैक्षिक गुणस्त सुधार समितिको व्यवस्थापनमा कार्यक्रमको आयोजना गराइएको र यस्ता खाले क्रियाकलापहरुले पठनपाठन र अतिरिक्त क्रियाकलापमा सुधार आउने वडा अध्यक्ष नविन सिग्देलले बताए ।