जी. न्यौपाने, मकवानपुर, २२ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा गरिएको प्रभातफेरी सिमाचोकबाट सुरु भएर बुद्धचोक परिक्रमा गरी पूनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले प्रेस चौतारीलाई स्थापना दिवसको शुभकामना दिँदै चौतारीले सशक्त पत्रकारहरु उत्पादन गरेको बताउनुभयो । उहाँले पत्रकारहरुको हकहितका लागि आवाज उठाउनुपर्ने ठाउँमा प्रेस चौतारी अग्रसर रहँदै आएको बताउनुभयो ।

यसैगरी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज हरि हुमागाईँले श्रमजिवी पत्रकारहरुको हकहितका लागि अग्रभागमा रहेर प्रेस चौतारीले आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।

चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवाश बिडारी, रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।