मकवानपुर, २२ माघ । स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो संकरणको तयारी पुरा भएको छ । मकवानपुर क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको यही माघ २३ गते मंगलबार ओपनिङ खेल हुने आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो ।

हेटौँडाको हुप्रचौरमा बिहान ९ बजेदेखि हुने ओपनिङ खेलमा बालजागृति, जेनिथ, नवोदय र सिद्धार्थबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै भानु मावि, सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमी, आधुनिक राष्ट्रिय मावि र ज्ञानोदय स्कूलबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत भुटनदेवी मावि, तुल्सीमेहर, हेटौँडा एकेडेमी, जीएस निकेतन र कमाने एकेडेमीबिच पनि प्रतिस्पर्धा हुने बताइएको छ ।