
मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न छैठौँ जिल्ला अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शाखा उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान र सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा जमुना थिङ, सम्झना थापा मगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नविन चौधरी, रवीन्द्र वाईबा र विवेक सिन्तान सर्वसम्मत चयन भएका छन् ।
फोनिज केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डङ्गोल, सुवर्णलाल श्रेष्ठ र उमेश राई सर्वसम्मत चयन भएका छन् । त्यस्तै फोनिजको प्रदेश पार्षदमा अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल र प्रमोद कुमार राई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।