मकवानपुर, १६ कात्तिक । नेपाली ब्लक बस्टर चलचित्र ‘कबड्डी–४’ युट्युब ट्रेण्डिङको शिर्षस्थानमा छ । हलहरुमा समेत तहल्का मच्चाएको यो चलचित्र सार्वजनिक भएको २ दिनभित्रै ट्रेण्डिङको शिर्षस्थानमा पुगेको हो ।

चलचित्रलाई बाँसुरी फिल्मसले आफ्नो आधिकारिक युट्यब च्यानलमार्फत अक्टोबर ३१ मा सार्वजनिक गरेको थियो । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई २३ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । हेर्नुहोस् चलचित्र–