मकवानपुर, १६ मंसिर । द भोईस अफ नेपालमा यसै सिजनबाट थपिएको ¥याङ्किङ चियर्स सिस्टमका कारण शोमा उथलपुथल भएको छ । कतिपयले यो फर्म्याटलाई मन पराएका छन् भने कतिपयले कोचले सही डिसिजन लिन नसकेमा राम्रो गाउने र नकाउटमा सुरुमा सहभागी भएकाहरु आउट हुने सम्भावना भएको भन्दै यसको आलोचना पनि गरेका छन् ।

शोको पहिलो नकाउट जित्दै कोच उदयको टिमबाट ३ जना प्रतियोगीहरु लाईभ शो राउण्डमा प्रवेश गरेका छन् । कोच उदयको टिमबाट काठमाडौँकी रोजिना बस्नेत, सिक्किमका विवेक बस्नेत र शोलुखुम्बुका कुमार प्रयास लाईभ शो राउण्डमा प्रवेश गरेका हुन् ।

कोच उदयको टिमबाट रोजिनाले पहिलो नम्बर, विवेकले दोस्रो नम्बर र कुमारले तेस्रो नम्बरको कुर्सीमा कब्जा जमाएका थिए । अब उनीहरु लाईभ राउण्डमा भोटिङमार्फत अगाडि बढ्नेछन् । कोच उदयको टिममा रहेका अन्य ६ जना प्रतियोगी भने शोबाट बाहिरिएका छन् ।