काठमाडौं । नेपाली कमेडियन अपूर्व क्षितिज र आयुष श्रेष्ठको ‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ मा भारतीय कमेडियन आकाश मेहताको समेत सहभागिता रहने भएको छ । आयोजक तक्षक इन्टरटेन्टमेन्टले राजधानीमा एक कार्यक्रम गर्दै कार्यक्रम र कलाकार सार्वजनिक गरेको हो ।

‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ चितवन, पोखरा र काठमाडौँमा आयोजना हुने टुरमा आफू जोडिन पाउँदा खुसी लागेको मेहताले बताए । ‘नेपालका कमेडियनहरुसँग कार्यक्रम गर्नु मेरो लागि एउटा खुसीको कुरो हो । अवसरका लागि आयोजकलाई धन्यवाद’ मेहताले भने ।

कार्यक्रमको उद्देश्य कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिनुको अलवा विभिन्न पर्यटकीय स्थानहरूको प्रचारप्रसार गर्नु रहेको आयोजक कमिटीका सदस्य सुमन भट्टराईले बताए । देवर्सको प्रस्तुति ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम चितवनमा २५ सेप्टेम्बर, पोखरामा २८ सेप्टेम्बर र काठमाडौँमा ३० सेप्टेम्बरमा आयोजना हुनेछ । कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर विभिन्न स्थानहरूको प्रचार गरिने डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए । रातोपाटी डटकमबाट ।