तपाइले सायदै कोही मानिस भेट्नुभएको छ जसले मोबाइलको ब्याट्रीको बारेमा राम्रो कुरा गर्छ। अधिकांश मानिसको चिन्ता नै मोबाइलको ब्याट्रिमा अडेको छ। ब्याट्रिलाइ यदि सहि ढंगले चार्ज गर्ने हो भने त्यसको कार्यक्षमतामा पनि राम्रो नतिजा देखिन्छ। साथै ब्याट्रीको आयुपनि लामो हुन्छ।

मोबाइल बनाउने केही कम्पनीहरुको अनुसार मोबाइलमा प्रयोग गरिएको ब्याट्रि ३००-५०० पटक चार्ज गर्नको लागि बनेका हुन्छन्। त्यसपश्चात ब्याट्रिको क्षमता घट्न थाल्छ। अनि ब्याट्रीले चार्जलाई ठिक ढंगबाट स्टोर गर्न सक्दैन।

ब्याट्रीलाई ० देखि १०० %सम्म चार्ज गर्न हुदैन। लिथियम आयोन ब्याट्रिलाई ४०-८० प्रतिशतको बीचमा चार्ज राख्नु पर्छ। चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा राम्रो हुन्छ।

ल्यापटपको ब्याट्रिलाई १०० प्रतिशत चार्ज महिनामा १ पटक भन्दा बढी गर्न हुदैन।

मोबाइल किन्दा जुन चार्जर आएको हुन्छ, सोही चार्जरले चार्ज गर्नु उपयुक्त हुन्छ। अन्य चार्जरको प्रयोगले पनि ब्याट्रीमा समस्या देखिनसक्छ।

लिथियम-आयन ब्याट्रीलाई धेरै दिनसम्म बिना चार्ज राख्न हुदैन। ब्याट्री प्रयोग नगरी राख्नु छ भने पनि ४०-५० प्रतिशत चार्ज गरेरमात्र राख्नु पर्दछ। सामान्यतया प्रयोग नगर्दा पनि ब्याट्री ५-१० प्रतिशत महिनामा डिस्चार्ज हुन्छ।