मकवानपुर, १६ मंसिर । आजभोलि एआईको मदतले तयार पारिएको विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । ती मध्ये सर्वाधिक भाईरल भएको तस्बिर हो ‘चिया लभर’ वाला तस्बिर । तपाई पनि यदि यस्तै एआई जेनेरेटेट तस्बिर बनाउन चाहनुहुन्छ भने सजिलैसँग बनाउन सक्नुहुन्छ ।

त्यसका लागि तपाईले मोबाईल एप वा कुनै पनि ब्राउजरमा बिङ एआई वा अन्य एआई ईमेज जेनेरेटर प्रयोग गर्नसक्नुहुन्छ ।

–सबैभन्दा सुरुमा यो लिंकमा क्लिक गरेर बिङ एआईमा जानुहोस् ।
–त्यसपछि आफुले बनाउन चाहेको फोटोको बारेमा जानकारी लेख्नुहोस् र क्रियट गर्नुहोस् ।
–यसरी तस्बिर बनाउन तपाईले माईक्रोसफ्टको आईडी बनाउनुपर्छ । जिमेलबाट तपाईले त्यो आईडी सजिलै बनाउन सक्नुहुन्छ । पुरा जानकारी सिक्नको लागि यो भिडियो हेर्नुहोस्–