मकवानपुर, १३ कात्तिक । के तपाईले चलाईरहनुभएको एनटिसीको सिम अरुकै नाममा छ ? अनि के तपाई त्यसलाई आफ्नो नाममा दर्ता गर्न चाहनुहुन्छ ? एनटिसीको सिम तपाईको नाममा छैन भने तपाईले नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा गएर आफ्नो नाममा दर्ता गर्न सक्नुहुन्छ । यदि तपाई सिम आफ्नो नाममा गर्न चाहनुहुन्छ भने–
१) तपाईसँग तपाईको नागरिकता, नागरिकताको एउटा फोटोकपि र एउटा पासपोर्ट साईजको फोटो हुनुपर्छ ।
२) तपाईले त्यो सिम चलाउन थाल्नुभएको अन्दाजी मिति थाह हुनपर्छ र सम्भव भएसम्म तपाईले क–कसलाई फोन गर्नुभएको छ । उनीहरुको नम्बर डायल लिष्टबाट हेर्नुपर्छ ।
३) साथै तपाईसँग भएको त्यो सिम कसको नाममा छ र त्यसमा कति ब्यालेन्स छ भनेर थाह हुनुपर्छ ।
यति भएपछि तपाईले नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट सिम आफ्नो नाममा गर्नसक्नुहुन्छ ।

फारम भर्ने र अन्य तरिका जान्नका लागि यो भिडियो हेर्नुहोस्–