मकवानपुर । प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा कविता प्रतियोगिता हुने भ‌एको छ । ४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र सहभागिता जनाउन सक्ने खुला कविता प्रतियोगितामा विषय समेत खुला रहेको छ । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण आश्विन २२ गतेभित्र प्राप्त भ‌इसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

प्राप्त कवितामध्ये उत्कृष्ट २० छनौट गरी अन्तिम प्रतियोगितामा सामेल गराइने र सोका लागि कवि स्वयम् उपस्थित हुनुपर्ने साजित्य सङ्गमका सचिव मनोज पोखरेलले बताए । कविता बढीमा १५० शब्दसम्मको, अन्यत्र अप्रकाशित तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना १० हजार राशी रहेको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।