
घरेलु हिंसा गरेमा के कारबाही हुन्छ ?
तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन्छ ।
छाउपडी, महिनावारी विभेद गरेमा के हुन्छ ?
तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन्छ ।
जबरजस्ती करणी गरेमा के सजाय हुन्छ ?
पीडितको उमेर र कसूरको प्रकृतिअनुसार आठ वर्षदेखि जन्मकैदसम्म हुन्छ ।
वैवाहिक बलात्कार गरेमा के हुन्छ ?
पाँच वर्षसम्म कैद सजाय हुन्छ ।
यौनजन्य दुर्व्यवहार गरेमा के सजाय हुन्छ ?
तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार गरेमा के हुन्छ ?
६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन्छ ।
मानव बेचबिखन र ओसारपसार गरेमा के कारबाही हुन्छ ?
२० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।
बालविवाह गरेमा के–कति सजाय हुन्छ ?
तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
मन्जुरीबिनाको विवाह गरेमा के हुन्छ ?
२ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
बहुविवाह गरेमा के हुन्छ ?
१ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
तेजाब प्रहार गरेमा कति कारबाही हुन्छ ?
२० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुन्छ ।
आगो लगाएमा के हुन्छ ?
तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
लिंगको आधारमा भ्रुणको गर्भपतन गराएमा के हुन्छ ?
लिंग परीक्षण गरेमा तीनदेखि छ महिनासम्म कैद हुन्छ । लिंगको आधारमा गर्भपतन गरेमा एक वर्षसम्म कैद सजाय हुन्छ ।
गाली बेइज्जती गरेमा के सजाय हुन्छ ?
गाली गरेमा एक वर्ष कैद वा १० हजार रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ । बेइज्जती गरेमा दुई वर्ष कैद वा २० हजार वा दुवै सजाय हुन्छ । विद्युतीय वा सामाजिक माध्यममार्फत गाली बेइज्जती गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।
बोक्सीको आरोप लगाएमा के कारबाही हुन्छ ?
आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।
दाइजोसम्बन्धी विषयमा हिंसा गरेमा के हुन्छ ?
विवाहअघि दाइजोसम्बन्धी हिंसा भएमा तीन वर्ष वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ । त्यस्तै विवाहपछि भएमा पाँच वर्ष वा ५० हजार रुपैयाँ वा दुवै सजाय हुने ।
विद्युतीय कारोबारसँग सम्बन्धित हिंसा गरेमा हुन्छ ?
पाँच वर्ष कैद वा एक लाखसम्म जरिवाना वा दुवै हुन्छ ।
अमानवीय वा अपमानजनक व्यवहार गरेमा के हुन्छ ?
५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन्छ ।
खान लगाउन नदिने वा घरबाट निकालेमा के हुन्छ ?
अंश वा मानाचामल वा सम्बन्ध विच्छेद हुन्छ ।