अदुवामा औषधीय गुण हुन्छ। यसमा आइरन, क्याल्सियम, आयोडिन, भिटामिनलगायत पोषक तत्‍व पाइन्छन्।

– अदुवाको सेवनले छाला आकर्षक र चम्किलो बन्छ। बिहान खाली पेट एक गिलास मनतातो पानीसँग एक टुक्रा अदुवा खानुपर्छ।

– खोकीमा पनि अदुवा लाभकारी छ। अदुवाका स–साना टुक्रा पारी महसँग मिसाई तताउने। दिनको दुई पटक यो मिश्रण सेवन गर्ने।

–अदुवाको नियमित सेवनले भोक नलाग्ने समस्यालाई हटाउँछ। अदुवालाई मसिनो गरी काट्ने, अलिकति नुन मिसाई दिनको एक पटक एक हप्तासम्म खाने। यसो गर्दा पेट सफा हुन्छ र भोक लाग्छ।

–कब्जियतको समस्या भएकाले अदुवामा ज्वानो, कागतीको रस र अलिकति नुुन मिसाई खानुपर्छ।

–पटक–पटक वान्ता भइरहेको छ भने अदुवामा प्याजको रस मिसाई खानुपर्छ।

–रुघाखोकीमा पनि अदुवा फाइदाजनक छ। रुघामा अदुवा हालेको चिया खाँदा फाइदा पुग्छ। अदुवाको रसलाई महमा मिसाई तताएर खाँदा पनि लाभ हुन्छ।

–अदुवा खाँदा मुखमा भएका हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन्।