मकवानपुर, ११ पुस । मकवानपुरको थाहा नगरपालिकाका एक युवक लागुऔषध गाँजा सहित हेटौँडाबाट पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका-११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको हो । […]